पूर्वगृहमन्त्री खाँणलाई कांग्रेसले तत्काल कारबाही नगर्ने


काठमाण्डु –  नक्कली भुटानी शरणार्थी प्रकणमा पक्राउ परेका कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई कांग्रेसले तत्काल कारबाही नगर्ने भएको छ ।

बिहीबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले तत्काल कारबाही गर्नुनपर्ने निष्कर्ष निकालेको हो ।

बैठकमा खाणमाथि गम्भीर अभियोग लागेकोले पार्टीबाट निलम्बन गरिनुपर्ने आवाजसमेत उठेको थियो। यो प्रकरणमा खाणको संलग्नता पुष्टि नभइसकेकोले अहिले नै निलम्बन गर्नु नपर्ने निष्कर्ष बैठकले निकालेको सहमहामन्त्री जीवन परियारले बताए । खाँणलाई प्रहरीले बुधबार पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement