बाल सङ्गठनको जग्गा हिनामिना प्रकरणमा संलग्न तीन जना पक्राउ

बाल सङ्गठनको जग्गा हिनामिना प्रकरणमा संलग्न तीन जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल बाल सङ्गठनको रकम हिनामिना गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

अनुसन्धानका लागी उनीहरूलाई नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ ।

पक्राउ पर्नेहरुमा ५१ वर्षीय राजेन्द्र कुमार श्रेष्ठ, ६२ वर्षीय ओमकृष्ण श्रेष्ठ, ५४ वर्षीया आशा श्रेष्ठ छन् ।

आरोपीहरूले बाल मन्दिरमा बालबालिकालाई भरणपोषण र शिक्षा दीक्षाको लागी प्राप्त रकम रकम हिनामिना गरेको आरोप छ ।

बाल संगठनको जग्गा सस्तो मूल्यमा ७९ वर्षसम्मको लागि भाडामा दिएर लाभ लिएको कसुरमा प्रहरीले यसअघि अनुसन्धान गरेर मुद्दा चलाएको थियो । सो प्रकरणमा बाल मन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंहसहित २० जनामाथि अनुसन्धान गरेको थियो ।