काठमाण्डु – उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्य जोडिएको नक्सालस्थित बाल संगठन (बाल मन्दिर) जग्गा हिनामिनाको काण्डमा संलग्नहरूलाई मुद्दा चलाउन महान्यायाधिवक्ता कार्यालयले निर्देशन दिएको छ ।
यसअघि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने भनेर तामेलीमा राखेको अवस्थामा महान्यायाधिवक्ता कार्यालयले हिनामिना काण्डलाई ब्युताएको छ ।
बाल मन्दिरको जग्गा लिजमा दिने निर्णयमाथि अनुसन्धानपछि प्रहरीले फाइल पेश गरेकोमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउन निर्णय गरेको थियो । महान्यायाधिवक्ताको निर्णयसँग बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्नहरूमाथि ठगी मुद्दा चल्ने भएको छ ।
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले मुद्दा चलाउन निर्देशन दिँदै फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा पठाइएको छ ।
उपप्रधानमन्त्री सिंहकी दिदी रिता नेपाल बार संगठनको अध्यक्ष भएको बेला जग्गा लिजमा दिने निर्णय भएकोमा कैफियत देखिएपछि मुद्दा अगाडि बढ्ने भएको छ ।
प्रतिक्रिया