बालाजु घटना : पक्राउ परेका ४० जनामाथी अनुसन्धान सुरू


काठमाण्डु – गत १ फागुनमा नयाँ बसपार्कस्थित लोत्से मलमा तोडफोड गरी लुटपाट गर्ने तथा प्रहरीको सवारीसाधन आगजानीमा संलग्न ४० जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरू गरेको छ ।

आगजानी र तोडफोडमा संलग्न २९ र मोबाइल लुटपाटमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।

गत १ फागुनमा यातायात मजदुर आन्दोलनका नाममा प्रहरीका दुईवटा भ्यानमा आगलागी भएको, लोत्से मल तोडफोड भएको तथा मोबाइल पसल लुटपाट भएको थियो । सो तोडफोड र लुटपाटको घटना पछि यातायात मजदुर संगठनले सवारी साधान बन्दको घोषणा गरेका थिए भने पीडित ब्यापारीले पसल तोडफोड गर्नेलाइ हिरासतमा लिइ अनुसन्धान गर्न माग राखेका थिए ।

आन्दोलनकारीले लोत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्रालि, डायमन्ड मोबाइल प्रालि र गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केट प्रालिमा तोडफोड गरी मोबाइल, चार्जर, रिचार्ज, एयरफोनलगायत सामग्री लुटपाट गरेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement