गुण्डानाइके बलेविरुद्ध १९ करोड ५५ लाखको मुद्दा दायर, पाँच तारे होटलमा करोडौं लगानी


काठमाण्डु – गुण्डानाइके बलराम सापकोटा ‘बले’ विरुद्ध सम्पत्ति शुद्धीकरण विभागले १९ करोड ५५ लाखको मुद्दा दायर गरेको छ । सोमबार बलेविरुद्ध विशेष अदालतमा १७ करोड ४० लाख बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको हो ।

काभ्रेको रोसी गाउँपालिका – ४ का घर भएका बले हाल काठमाण्डुको लाजिम्पाटमा बस्दै आएका थिए । त्यस्तै विभागले बलेकी श्रीमती सिर्जना कक्षपतिविरुद्ध २ करोड ५५ लाखको सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको छ ।

बलेका नाममा रहेको घरजग्गा र गाडी पनि जफत गर्न रिटमा माग दाबी गरिएको छ । बलेको नाममा नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको ३ लाख १६ हजार नगदसहित ४ लाख ५५ हजार नगद र ४१ लाख पर्ने भक्सवागन गाडी पनि जफत गर्न माग गरिएको छ । विभागका अनुसार झापाका विभिन्न ठाउँमा बलेको नाममा स्रोत नखुलेको जग्गा पनि भेटिएको छ ।

सापकोटाले झापाको धुलाबारी मेची क्राउन होटल सञ्चालनमा ल्याएका छन् । निषेधाज्ञाका बीचमा उनले स्थानीय प्रशासनको अनुमति नलिई भदौ ७ मा मेची क्राउन होटलको उद्घाटन भब्यतापूर्वक गराएका थिए । मेचीक्राउन होटलमा उनले क्यासिनो पनि संचालन गर्ने भएका छन् ।

विभिन्न ठाउँमा पाँच तारे होटलमा लगानी गरेका बले मिटर ब्याजमा पैसा दिएर रातारात धनी भएका हुन् । बलेको विभिन्न पाँच तारे होटलहरुमा करोडौं लगानी रहेको विभागले जनाएको छ । उनले क्यासिनो खेल्नेलाई ब्याजमा पैसा दिने र तिर्न नसक्नेका घर, गाडी हड्प्ने कार्य गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement