जिल्ला अदालतको अन्डरग्राउन्ड पनि खाली गर्दै बालेन


काठमाण्डु – काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साहले जिल्ला अदालतको अन्डरग्राउण्ड पनि खाली गर्ने बताएका छन् ।

बुधबार काठमाण्डुको न्यूरोड क्षेत्रमा बनेका अबैध संरचना हटाउन आफैं फिल्डमा पुगेका उनले साना ठूला कसैलाई पनि नछाड्ने बताएका हुन् । सोहीक्रममा उनले काठमाण्डु जिल्ला अदालतको अन्डरग्राउण्ड समेत खाली गर्न लागिएको जानकारी दिए ।

उनले भने, ‘बबरमहलमा अत्याधुनिक शैलीमा बनाइएको अदालतको अन्डरग्राउन्ड पार्किङको प्रयोगमा छैन । जसका कारण व्यस्त सडकको फुटपाथमै सेवाग्राहीले सवारी साधन पार्किङ गरिरहेका छन् । त्यो पनि खाली गराइन्छ र अवैध संरचना जसले बनाएको भए पनि त्यो कानुनको दायरामा ल्याइन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement