महानगरको कार्यशैलीप्रति प्रश्न उठ्न थालेपछि मेयर बालेन आक्रोशित


काठमाण्डु- काठमाण्डु महानगरपालिकाका मेयर बालेन साह आक्रोशित भएको छ । महानगरपालिकाका कार्यशैलीमाथि प्रश्न उठ्न थालेपछि मेयर शाह आक्रोशित बनेका हुन् । महानगरपालिकाभित्र व्यवस्थापनविनै जथाभाबी डोजर चलाएको विषयमा प्रश्न गर्नेहरूलाई मेयर बालेनले अमर्यादित जवाफ दिंदै प्रतिप्रश्न गर्न थालेका छन् ।

शुक्रबार राति मात्रै चलचित्र निर्देशक तथा ‘कमेडी क्लब विथ च्याम्पियन’का निर्माता विशाल भण्डारीले भत्काउनबाहेक बनाएको देखिएन भन्ने प्रश्न गर्दा मेयर साह आक्रोशित बनेका हुन् । उनले विशाल भण्डारीलाई गैरजेम्मेवारीपूर्ण जवाफ दिए ।

सार्वजनिक रुपमा प्रश्न गरेका भण्डारीलाई मेयर बालेनले व्यक्तिगत लाञ्छना र उनको व्यवसायमाथि उल्टो प्रश्न गरे । मेयर शाहले कमेन्टमा लेखेका छन् , ‘तिम्रो शो पैसाको भोटले जितिन्छ । तिमी पैसा कमाउन आएको हौ । तिम्रो अस्तित्व पैसाबाहेक केही छैन । तिमी जस्तो बिकाउ मान्छेलाई जवाफ दिन जरुरी छैन ।’

मेयर साहले यसपटक मात्रै होइन यसअघि पनि आफूलाई प्रश्न गर्ने जोकोहीलाई पनि यस्तै जवाफ दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement