काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने भएका छन्।
उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताहरूले पनि शुभकामना मन्तव्य दिने कार्यक्रम रहेको छ। साथै पार्टी सभापति रवि लामिछानेसहित वरिष्ठ नेताहरूले समेत सम्बोधन गर्ने तयारी छ।
महाधिवेशनको उद्घाटन असार ७ गते दिउँसो २ बजे चितवनको भरतपुरस्थित गेस्ट हाउस चौरमा हुने तय गरिएको छ।
कार्यक्रममा घाम–पानी छेक्ने ‘जर्मन ह्याङ्गर’ संरचना निर्माण गरिएको छ, जसमा करिब ५ हजार दर्शक अटाउने व्यवस्था मिलाइएको छ।
उद्घाटन सत्रमा चितवनको पहिचान झल्किने विभिन्न जातीय सांस्कृतिक नृत्य तथा प्रस्तुति पनि प्रस्तुत गरिनेछ। त्यसपछि असार ८ गते बिहानदेखि बन्दसत्रका कार्यक्रम सुरु हुनेछन्।
तीन दिनसम्म चल्ने महाधिवेशनका लागि व्यापक तयारी गरिएको छ।




प्रतिक्रिया