काठमाण्डु – सुनसरीबाट सुरु भएको सामाजिक विवाद बढेर फैलिँदै गइरहेका बेला प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
बिहीबारै प्रधानमन्त्री बालेनले राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सुनसरी सहितका तराई मधेशका विभिन्न स्थानमा तनाव बढेपछि बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारको भूमिकालाई लिएर आलोचना भएको छ ।
यसैबिच गृहमन्त्री सुधन गुरुङ विवादको उद्गमनस्थल सुनसरी जाने भएका छन् । सुनसरी जानुअघि गृहमन्त्री गुरुङले प्रधानमन्त्री बालेनसँग भेट छन् । बिहीबार दिउँसो भएको भेटमा गृहमन्त्री गुरुङले सुरक्षा प्रमुखहरूको ब्रिफिङबारे प्रधानमन्त्रीलाई सुनाएका थिए ।
प्रधानमन्त्री बालेनले स्थिति सम्हाल्न गृहमन्त्रीलाई निर्देशन दिएको जनाइएको छ ।




प्रतिक्रिया