संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न प्रधानमन्त्री शाह न्युयोर्कमा

संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न प्रधानमन्त्री शाह न्युयोर्कमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका छन् ।

प्रधानमन्त्री शाह नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागिता जनाउन अमेरिका पुगेका हुन् ।

प्रधानमन्त्री शाहलाई न्युयोर्कमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यबाहक राजदूत शरदराज आरण तथा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत दधीराम भण्डारीले स्वागत गरेका थिए । प्रधानमन्त्री शाहको टोलीमा प्रमुख सल्लाहकार कुमार बेनसहित अन्य सदस्यहरू रहेका छन् ।

प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय छलफलअन्तर्गत २४ सेप्टेम्बरमा सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग समेत भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाह अमेरिका पुग्नुअघि परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्कमा आयोजित विभिन्न द्विपक्षीय तथा साइडलाइन कार्यक्रम र भेटवार्तामा व्यस्त रहेका छन् ।

परराष्ट्रमन्त्री खनालले महासभाका अवसरमा विभिन्न मुलुकका समकक्षी तथा उच्चस्तरीय प्रतिनिधिसँग भेटवार्ता गर्दै नेपालको द्विपक्षीय सम्बन्ध, बहुपक्षीय सहकार्य तथा समसामयिक अन्तर्राष्ट्रिय विषयमा छलफल गरिरहेका छन् ।