मेयर बोलनको प्रश्न- मरुभूमिमा जङ्गली जनावर कसरी बाँच्न सक्छन् ?


काठमाण्डु- काठमाण्डु महानगरपालिकाका मेयर बालेन साहले मरुभूमिमा जङ्गली जनावर कसरी बाँच्न सक्छन् ? भन्दै प्रश्न गरेका छन् ।

आज फेसबुकमा स्टाटस लेख्दै नेपाल सरकारले कतारलाई हात्ती उपहार दिने तयारी गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । बालेनले नेपालमा पशुअधिकारलाई जोक बनाइएको टिप्पणी समेत गरे ।

‘जनावर बेच्नु वा उपहारमा दिनु वैध हो ? मरुभूमिमा जङ्गली जनावर कसरी बाँच्न सक्छन् ?’, उनले भनेका छन् । कतारी राजा शेख तमिम विन हमाद अल थानी दुई दिने नेपाल भ्रमणमा आएर बुधवार फर्केका थिए । कतारलाई उपहारमा दिने भनिएका हात्ती कानुनी प्रक्रिया पुरा नभएकाले लगिसकिएको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement