साढे ७ लाख जरिवाना मिनाहाका लागि मेयर बालेनले दिए निर्वाचन आयोगमा निवेदन

साढे ७ लाख जरिवाना मिनाहाका लागि मेयर बालेनले दिए निर्वाचन आयोगमा निवेदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले जरिवाना मिनाहाको माग राखेर निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाण्डु महानगरपालिकाको प्रमुखमा निर्वाचित साहले तोकिएको समयमा खर्च विवरण बुझाएनन् । तोकिएको समय ३० दिनभित्रमा खर्च विवरण नबुझाएको भन्दै आयोगले साहलाई साढे ७ लाख रुपैयाँ जरिवाना तोकेको हाे ।

उक्त जरिवाना ६ महिनाभित्र नबुझाएमा महानगर प्रमुखको पद नै खारेज हुने भएकाले साहले आयोगमा जरिवाना मिनाहाको निवेदन दिएका हुन् ।