काठमाण्डु– बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले घटेको हो ।
हिजो ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ६२० रुपैयाँले घटेर प्रतितोला ४ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




प्रतिक्रिया