जनकपुरले टस जित्यो, विराटनगरले ब्याटिङ गर्ने

जनकपुरले टस जित्यो, विराटनगरले ब्याटिङ गर्ने

दुवै टोलीमा एक-एक खेलाडी परिवर्तन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले टस जितेको छ भने विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान हरमित सिंहले टस जितेर पहिले बलिङ रोजेपछि विराटनगरले ब्याटिङ गर्ने भएको हो।

जनकपुरको कप्तानी हरमित सिंह र विराटनगरको कप्तानी सन्दीप लामिछानेले गर्नेछन्। विराटनगरले प्रतिश जिसीको स्थानमा अपराजित पौडेल प्लेइङ ११ मा आएका छन्। जनकपुरले मयन यादवको स्थानको विशाल सुस्लिङ आएका छन्।

तीन खेल खेलिसकेको विराटनगरले एउटा खेलमा मात्रै जित हासिल गर्न सकेको छ । आफ्नो चौथो खेलमा विराटनगर दोस्रो जितका लागि मैदानमा उत्रने तयारी छ ।

जनकपुर बोल्ट्सले पनि तीन खेल खेलिसक्दा एकमा हार बेहोरेको छ भने दुई खेलमा विजयी भएको छ । जनकपुर लगातार तेस्रो जितको खोजीमा छ ।