काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह र प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ।
उनीहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा केहि बेर अघि भेटवार्ता भएको हो ।
बिहान १०ः५० बजेदेखि ११ः२० बजेसम्म भएको भेटमा समसामयिक राजनीतिक विषय, संसद्को आगामी कार्यसूचीका विषयमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ।
लामो समय पछि भोलि (बिहीबार) प्रतिनिधिसभाको बैठक बस्दै छ ।
भेटका क्रममा भएका छलफलका विस्तृत विषयवस्तुबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।




प्रतिक्रिया