बालेन सरकारको सय दिनबारे एमाले : अपरिपक्व र विवादास्पद, कूटनीतिमा असफल (पूर्णपाठ)

बालेन सरकारको सय दिनबारे एमाले : अपरिपक्व र विवादास्पद, कूटनीतिमा असफल (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेले बालेन सरकारको सय दिनको कामलाई अत्यन्तै फितलो, अपरिपक्व र विवादास्पद रहेको निष्कर्ष निकालेको छ ।एमाले महासचिव शंकर पोखरेलले शुक्रबार सरकारको सय दिनका कामको समीक्षा गर्दै यस्तो बताएका हुन् ।

एमालेले सिंहदरबारबाट कानुनले नचिनेका व्यक्तिको स्वेच्छाचारी शासन चलेको, आफ्नो १०० बुँदे वाचापत्र र आमजनताको अपेक्षाअनुरूप काम गर्नुको साटो सस्तो चर्चा र विवादास्पद निर्णयहरूमा मात्रै सरकारको रुचि देखाएको लगायतको आरोप एमालेले लगाएको छ ।

पोखरेलल नीतिगत र संवैधानिक विचलन,शान्ति–सुरक्षा र न्याय सम्पादनमा उल्टेबाटो,सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता,प्रशासनिक सुधार र सेवा प्रवाहमा असफलता, सामाजिक न्याय, आर्थिक र पूर्वाधार क्षेत्रको दुरावस्था र राष्ट्रियता र कूटनीतिक असफलतामा क्रन्द्रित रहेर व्याख्या गरेका छन् ।

‘सुरुमा सबै योजनाहरू पूर्व–निर्धारित, व्यवस्थित र तयारी टोली ९टिम० द्वारा पूर्ण गृहकार्यसहित आएका हुन् भन्ने भान पारियो। सार्वजनिक रूपमा यसले काम गर्ने शैली र थिति यस्तो हुनुपर्छ“ भन्ने भाष्य पैदा गर्ने कोशिस भयो। तथ्यकोआधारमा १०० दिनको परिणामलाई विश्लेषण गर्दा, अवधिमा सरकारका काम अत्यन्त फितलो‚ अपरिपक्व र विवादास्पद देखिन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।

हेनुहोस् पूर्णपाठ