ईयू प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री शाहले गरे सामूहिक भेटघाट (तस्बिरहरू)

ईयू प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री शाहले गरे सामूहिक भेटघाट (तस्बिरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री वालेन शाहले मंगलबार युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सिंहदरबारमा संयुक्त भेटघाट गरेका छन् ।

इयू अन्तर्गत २२ देश तथा दक्षिण–पूर्वी एशियाली मुलकका गरी ३० भन्दा बढी कूटनीतिज्ञसँग प्रधानमन्त्री शाहले सामूहिक भेट र संवाद गरेका हुन् ।

भेटका क्रममा नेपालमा नयाँ सरकार आएपछिको विकसित घटना, नयाँ बजेट र युरोपमा नेपालमाथिको हवाई प्रतिबन्ध आदि विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित रहेको थियो ।

यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेट गरेका थिए।