प्रधानमन्त्रीले थाले मधेशका सांसदहरूसँग पनि छलफल

प्रधानमन्त्रीले थाले मधेशका सांसदहरूसँग पनि छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशको शािन्त सुरक्षा तथा सदचाव कायम गर्ने विषयमा प्रधानमन्त्री बालेन शाहले मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने विभिन्न दलका सांसदहरूसँग छलफल थालेका छन् ।

यसअघि उनले शुक्रबार नै मधेशी नेताहरूसँग पनि छलफल गरेका हुन् । प्रधानमन्त्रीसँगको छलफलमा मधेशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरू सहभागी छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सांसदहरु मनिष झा, रोहबर अन्सारी, राजकिशोर महतो, रवि महतो लगायतका १३ जना सांसदहरू सहभागी छन् ।

प्रधानमन्त्री शाहले पछिल्ला दिनमा मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएको तनाव अन्त्य गर्न र सद्भाव कायम गर्नका लागि पहल गरिरहेका छन् ।