प्रधानमन्त्री शाह आज मुस्ताङ जाँदै

प्रधानमन्त्री शाह आज मुस्ताङ जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ शुक्रबार पोखरा हुँदै मुस्ताङ भ्रमणमा जाँदै छन् ।

शुक्रबार बिहान १० बजे पोखरा गएर त्यहाँबाट मुस्ताङका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री बालेनका साथमा प्रमुख सल्लाहकार कुमार बेन समेत भ्रमणमा जाने जनाइएको छ ।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलोपटक शाह मुस्ताङ जान लागेका हुन् । प्रधानमन्त्री शाहको मुस्ताङको कार्यक्रमबारे पनि बताइएको छैन ।