प्रधानमन्त्रीले संसद्मा सांसदका प्रश्नको जवाफ दिँदै, यी सांसदले सोध्नेछन् प्रश्न

प्रधानमन्त्रीले संसद्मा सांसदका प्रश्नको जवाफ दिँदै, यी सांसदले सोध्नेछन् प्रश्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् ।

सङ्घीय संसद् सचिवालयको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री शाहले सांसदका प्रश्नको जवाफ दिने छन् । बैठक बुधबार दिउँसो १ बजे बस्दैछ ।

सभामुख डोलप्रसाद अर्यालले सांसदहरूको प्रश्नको जवाफ दिन रुलिङ गरेपछि प्रधानमन्त्री शाहले पहिलोपटक संसदमा जवाफ दिन लागेका हुन्।
बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आव २०८१–८२ प्रस्तुत गर्नेछन् । यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रस्तुत गर्नेछन् ।

त्यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले नेपाल भारतबिच दीर्घकालीन विद्युत् व्यापार सम्बन्धी सम्झौता पेस गर्नेछन् ।

संसद् सचिवालयका अनुसार सत्तापक्ष र प्रतिपक्ष गरी ११ जना सांसदले प्रधानमन्त्री शाहलाई प्रश्न सोध्दैछन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी र अमरेश सिंहले प्रश्न सोध्दैछन् भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट प्रमुख सचेतक बासना थापा र सांसद गीता गुरुङले प्रश्न सोध्दैछन्।

त्यस्तै एमालेबाट प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेशसिंह ठगुन्ना, नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन र प्रमेशकुमार हमाल, श्रम संस्कृति पार्टीबाट संसदीय दल नेता हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख सचेतक खुश्बु ओलीले प्रश्न सोध्नेछन्।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमसम्बन्धी व्यवस्था छ। तर, यति लामो समय वितिसक्दा समेत प्रधानमन्त्री शाहले सांसदहरूको प्रश्नको जवाफ नदिएको भन्दै विपक्षी सांसदहरूले विरोध गर्दै आएका थिए। विपक्षी दलको निरन्तर अडानपछि सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई रुलिङ गर्दै बुधबारका लागि प्रश्नोत्तर कार्यक्रम राखेका हुन्।

संसद सचिवालयका अनुसार सांसदहरूले समसामयिक विषयमा प्रधानमन्त्रीसँग प्रश्न सोध्नेछन्। प्रधानमन्त्री आफैंले सीमा मिचिएको विवादित अभिव्यक्तिका सम्बन्धमा पनि विपक्षी दलका सांसदहरूले प्रश्न सोध्ने जनाइएको छ ।