काठमाण्डु– प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभाको बैठकमार्फत भोटेकोसी बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोक व्यक्त गरेका छन्।
उनले भोटेकोसी बाढीबाट भएको क्षति रसुवा, नुवाकोट र धादिङको मात्र नभई सिंगो देशको छातीमा परेको बज्रपात भएको बताएका छन्।
प्रधानमन्त्री शाहले संकटको यो घडीमा थकित भएर विश्राम लिने अवस्था नरहेको र दुःखमा विलाप गर्ने समय पनि नभएको उल्लेख गरे।
उनले भने ‘यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्र होइन, सिंगो देशको छातीमा परेको बज्रपात हो। यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन। मन भक्कानिँदा पनि एकआपसमा विलौना गर्ने समय छैन। संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत, आँट र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौँ। दृढ संकल्प र साहसका साथ यो विपत्तिमा लड्नुबाहेक हामीसँग अर्को विकल्प छैन, थिएन। हामी लडिरहेका छौँ।’




प्रतिक्रिया