प्रिय जेनजी, सुशासन कायम हुने नै छ : प्रधानमन्त्री शाह

प्रिय जेनजी, सुशासन कायम हुने नै छ : प्रधानमन्त्री शाह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी आन्दोलनका क्रममा उठाइएको सुशासनको माग पूरा गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।

जेनजी शहीद दिवसका अवसरमा मंगलबार सामाजिक सञ्जालमार्फत जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरेका हुन्।

जेनजीलाई सम्बोधन गर्दै उनले लेखेका छन्, ‘प्रिय जेनजी, सुशासन कायम हुने नै छ।’ ‘शहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली ।’






गत वर्ष भदौ २३ गते सुशासनको मागसहित जेनजी आन्दोलन भएको थियो। आन्दोलनका क्रममा ज्यान गुमाएका जेनजी शहीदहरूको सम्झनामा सरकारले मंगलबार देशभर सार्वजनिक बिदासमेत दिएको थियो।