प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– संयुक्त राष्ट्रसंघको ८१औँ महासभाअन्तर्गत हुने उच्चस्तरीय सप्ताहमा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल न्यूयोर्क जाँदै छ ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह २२ सेप्टेम्बरमा न्यूयोर्क प्रस्थान गर्नेछन्। उनले २४ सेप्टेम्बरमा महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

न्यूयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। भेटका क्रममा नेपाल र संयुक्त राष्ट्रसंघबीचको सहकार्य तथा अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ।

महासभाका उच्चस्तरीय बैठक तथा मन्त्रीस्तरीय कार्यक्रमहरूमा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल भने २० सेप्टेम्बरमै न्यूयोर्क जानेछन्।

नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यान्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईसहित नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन्।

प्रधानमन्त्री शाह २६ सेप्टेम्बरमा नेपाल फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।