काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाह भारतको राजधानी नयाँदिल्ली पुगेका छन्। शाहलाई राज्यमन्त्री जितिन प्रसादले स्वागत गरे ।
दुईदिने राजकीय भ्रमणका लागि आइतबार नेपालबाट प्रस्थान गरेका शाह सवार नेपाल एयरलाइन्सको उडान नम्बर २१७ नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

प्रधानमन्त्री शाह आइतबार दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत प्रस्थान गरेका थिए। भ्रमण सम्पन्न गरी उनी सोमबार स्वदेश फर्किने कार्यक्रम छ।



तस्बिरहरु: प्रविण रानाभाट/नेपाल फोटो लाइब्रेरी



प्रतिक्रिया