खेलकुद प्रतियोगिताको उद्घाटन गर्न प्रधानमन्त्री शाह सुर्खेत जाँदै

खेलकुद प्रतियोगिताको उद्घाटन गर्न प्रधानमन्त्री शाह सुर्खेत जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाह आइतबार सुर्खेत जाँदै छन् ।

सुर्खेतमा जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनका लागि प्रधानमन्त्री शाह आइतबार सुर्खेत जान लागेका हुन् ।

सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

तर प्रधामनन्त्रीको सुर्खेतमा अन्य औपचारिक कार्यक्रम सार्वजनिक भएको छैन।

केही खेल मंसिर ८ गतेदेखि नै सुरु भइसकेका छन् । प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते हुने र समापन मंसिर २७ गते गरिने छ ।

प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी छन् । ३२ खेलका ३८४ इभेन्ट्समा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य गरी कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।