काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दैछन् । आज ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा छलफल हुने भएको हो ।
बैठकमा संघका अध्यक्ष पशुपति देव पाण्डे, प्रथम उपाध्यक्ष वसन्त राज अधिकारी, महासचिव भिम कुमार गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल र प्रविधिक सल्लाहकार प्रकाश कुमार झा सहभागी हुदैछन् ।
छलफल तयारी पोशाक उद्योगको वर्तमान अवस्था, उद्योगले भोगिरहेका समस्या, उत्पादन तथा निर्यात प्रवर्धन, रोजगारी सिर्जना र उद्योग क्षेत्रको समग्र विकासका विषयमा केन्द्रित हुनेछ।
प्रधानमन्त्रीले यसअघि स्वदेशी जुत्ता उत्पादक संघ र महिला उद्यमी महासंघ लगायतका निजी क्षेत्र, उद्योगी-व्यवसायी तथा सरोकारवाला निकायहरूसँग निरन्तर संवाद छलफल गरिसकेका छन्।
शाहले सोमबार मात्र पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवाला व्यक्तित्वहरूसँग विशेष छलफल गरेका थिए ।




प्रतिक्रिया