बलिउडलाई किन प्रिय छ दुबई ?


मुम्बई – विश्वको सबैभन्दा धनी शहरमा पर्ने दुबईमा घर किन्नु बलिउड स्टारका लागि एउटा शोख नै हो ।

यो देश बलिउडलाई यति मनपरेको छ कि अधिकांश अभिनेता अभिनेत्रीले त्यहाँ घर नै किनेका छन् । दुबईका स्थानीय रियल स्टेट कारोबारीका अनुसार एक बिलासी जीवन बिताउनका लागि धनी भारतीय दुबईमा घर किन्न मन पराउँछन् ।

बलिउडका नाम चलेका कलाकारहरुले दुबईमा घर नै किनेका छन् । जसमा शाहरुख खानदेखि अनिल कपुरसम्म पर्छन् ।

शाहरुख खान

मुम्बईमा आलिशान मन्नत होस् या गाडीको संकलन, कुनै राजाभन्दा कम छैनन् शाहरुख । शाहरुखले दुबईको रेतीले समुन्द्र तट छेउमा एक घर किनेका छन् । मुम्बईको भागदौडको जिन्दगीबाट केही समय निकालेर उनी प्रायः यो घरमा आउँछन् ।

शिल्पा शेट्टी

अभिनेत्री शिल्पा शेट्टीको बुर्ज खलिफामा २ बीएचके घर थियो । यद्यपि उनले सन् २०१६ मा बेचिन् । उनले घर सानो भएका कारण बेच्नु परेको बताएकी थिइन् ।

ऐश्वर्या राय

ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनसँग दुबईमा एक शानदार घर छ, जहाँ हरेक सुविधा उपलब्ध छन् ।

अनिल कपुर

अभिनेता अनिल कपूरको पनि दुबईमा घर छ । उनी प्रायः कामबाट बिदा लिए पछि परिवारका साथ समय बिताउन दुबई पुग्छन् ।

जेबी भेन्चर्सका सहसंस्थापक विशाल गोयल दुबईमा घर किन्ने भारतीयमा पर्छन् । उनका अनुसार दुबई अन्तर्राष्ट्रिय आर्थिक केन्द्र बनिसकेको छ । फिनटेक इकोसिस्टमले कैयौं भारतीय युवा उद्यमीलाई दुबईले आकर्षित गरिरहेको छ ।

यसबाहेक दुबईका मानिसको जीवनशैली र अग्ला भवनले विश्वलाई आकर्षित गरिरहेको छ । यो सहरमा विश्वस्तीय सामाजिक आधारभूत ढाँचा छन् । जसकारण पनि बलिउड आकर्षित भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement