काठमाण्डु चक्रपथभित्र विरोध गर्न निषेध, यी ३ क्षेत्रमा प्रदर्शन गर्न सकिने

काठमाण्डु चक्रपथभित्र विरोध गर्न निषेध, यी ३ क्षेत्रमा प्रदर्शन गर्न सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जिल्ला प्रशासन कार्यालय काठमाण्डुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले आगामी २ महिनासम्म चक्रपथ र चक्रपथ भित्रका अधिकांश सार्वजनिक स्थानमा विरोध प्रदर्शन गर्न रोक लगाएका छन् ।

अत्यावश्यक सेवा प्रवाह, शान्ति सुरक्षा र सार्वजनिक यातायातमा अवरोध पुगेको भन्दै प्रशासनले ३ स्थानबाहेक अन्यत्र अनसन, धर्ना, जुलुस र सभाजस्ता कार्यक्रम गर्न निषेध गरेको छ ।

सीडीओ ऋषिराम तिवारीद्वारा जारी आदेशमा चक्रपथ र चक्रपथ भित्रका क्षेत्रमा हुने विरोधका कार्यक्रमले अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र यातायात सञ्चालनमा कठिनाइ उत्पन्न गरेको, जनगुनासो बढेको तथा सार्वजनिक सम्पत्ति र शान्ति सुरक्षामा असर पार्ने अवस्था देखिएकाले निषेध गरिएको जनाइएको छ ।

जिल्ला सुरक्षा समितिको सिफारिस र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम निषेधाज्ञा आदेश जारी गरिएको छ ।

आदेशअनुसार सिफल चौर क्षेत्र, कोटेश्वर आकासे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रमा विरोध प्रदर्शन कार्यक्रम गर्न पाइनेछ ।

यी स्थानबाहेक अन्यत्र भेला, जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रम गर्न पूर्णतः निषेध गरिएको छ ।

यस्तो छ आदेश –