बल्खुको फलफूल बजारमा बाढी पस्यो

बल्खुको फलफूल बजारमा बाढी पस्यो


काठमाण्डु-गएराति देखि परिरहेको लगातार वर्षासँगै बल्खुको तकारी बजारमा बाढी पसेको छ ।

काठमाडौँ महानगरपालिका–१४, बल्खु (टेकु दोभानदेखि बल्खु तरकारी बजारसम्म) बागमती नदीको पानीको सतह बढेर बल्खु र कुलेश्वरस्थित फलफूल बजार क्षेत्र र सुकुम्बासी बस्ती क्षेत्रमा डुबानमा परेको छ ।

यस्तै काठमाडौँ–१६, माछापोखरी क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप लाइन फुटेर घर–पसल डुबानमा परेको स्थानीयले बताएका छन् ।