पुर्वरक्षामन्त्री खांणले भने ‘सेनालाई कमजोर बनाउने षडयन्त्र हुंदैछ, कांग्रेस आन्दोलनमा जान सक्छ’ 


बुटवल – नेपाली कांग्रेसका नेता बालकृष्ण खांणले सरकारले ल्याएको राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयक हुबहु पास हुन नदिने चेतावनी दिएका छन् । 

पुर्व रक्षामन्त्री समेत रहेका नेता खांणले प्रधानमन्त्री केपी शर्मा ओलीले सेनालाई आफू अनुकुल परिचालन गर्न विधेयक ल्याएको दावी गरे । 

उनले सेनालाई आफू अनुकुल परिचालन गर्ने गरी विधेयक आएको भन्दै त्यो कांग्रेसलाई स्वीकार्य नहुने बताए ।

‘नेपाली सेनालाई कमजोर बनाउन खोजिए हामी सडक र सदनबाट आन्दोलन गर्छौ,राष्ट्रिय अखण्डता र स्वाधिनता जोगाउन महत्वपूर्ण योगदान रहेको नेपाली सेनालाई कमजोर बनाउने कोशिस हुंदैछ ।’ कांग्रेस नेता खांणले भने ।

नेता खांणले सीके राउतसंग सरकारले गरेको सम्झौताको विरोध गर्नुका साथै विप्लव समूहमाथि प्रतिबन्ध लगाएर सरकारले मुठभेड निम्त्याएको आरोप लगाए । 

प्रतिक्रिया दिनुहोस
Advertisement