सहकारी नियमन प्राधिकरणले सोचेजस्तो काम गर्न सकेन : मन्त्री अधिकारी

सहकारी नियमन प्राधिकरणले सोचेजस्तो काम गर्न सकेन : मन्त्री अधिकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री बलराम अधिकारीले सबैको मागअनुसार सहकारी नियमन प्राधिकरण बने पनि प्राधिकरणले चाहेअनुसार काम गर्न नसकेको बताएका छन् ।

शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्राधिकरणको सुरुआत नहँुदै विरोध सुरु भएकाले काम गर्न नसकेको बताए ।

उनले भने, ‘सबैको माग अनुसार सहकारीलाई नियमन गर्न सहकारी नियमन प्राधिकरण बनेको हो । यसले कसरी काम गर्छ, कस्तो विधि बनाउँछ भन्ने कुराको सुरुवात नहुँदै नियन्त्रण र खबरदारीको कुरा आउन थाल्यो । बिग्रेको कुरालाई नियन्त्रण नगर्ने हो भने त्यो ठीक ठाउँमा आउँदैन ।’

सहकारी नीति र उद्देश्य अनुसार काम नगरेको भन्दै स्रोत नखुलेका अवैध पैसा सहकारीमा चलाइने उनले बताए ।  

‘हामीले सहकारी नीति र उद्देश्य अनुसार काम गरेका छौं कि छैनौं भन्ने हो तर सहकारीले ठूलो रकम कसरी आयो भन्नेबारे ख्याल गर्न पर्छ कि पर्दैन ? बैंकले त्यसलाई ख्याल गर्नैपर्छ । त्यसको स्रोत चाहिन्छ । सहकारीले साँच्चै धितो नराखिकन ५०–६० करोड एउटै व्यक्तिलाई दिने अधिकार कहाँ छ ? हाम्रो उद्देश्यभित्र छ ? छैन । यो गम्भीर प्रश्न हो,’ उनले भने ।

पछिल्लो समय सहकारी गलत बाटोमा हिँड्दा विभाग, मन्त्रालयले ध्यान दिन नसकेको स्वीकार गर्दै अब सच्चिएर जानुपर्ने उनले बताए ।