बालुवाटारमा भएको छलफल फेरी बस्ने गरी सकियो


काठमाडौं – नेकपा एमाले, माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालबीच सरकार विस्तार र संविधान संशोधनबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल फेरी बस्ने गरी सकिएको छ ।

बैठकमा एमालेबाट प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल र फोरमबाट अध्यक्ष उपेन्द्र यादव, रामसहाय यादव, राजेन्द्र श्रेष्ठ सहभागी थिए । आइतबार संघीय सांसदहरूले शपथ लिने कार्यक्रम छ ।

संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफलका लागि भएको बैठक आजै शपथपछि तीनै नेताहरू पुनः बसेर टुंग्याने सहमति भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement