बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता सुरू


काठमाण्डु – प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा  भेटवार्ता भएको छ ।

बालुवाटारमा भएको भेटमा नेकपा कार्यदलले पेश गरेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ। त्यस्तै दुई अध्यक्षको छलफलले सचिवालय बैठक बोलाउने समेत संभावना रहेको छ।

नेकपाको अन्तरिक विवाद समाधान गर्न गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले भदौ ६ गते समाधानको सुत्रसहतिको १७ पेज लामो प्रतिवेदन बुझाएको थियो । जसमा ओलीले मुलत सरकार सञ्चालनमा केन्द्रीत हुने र प्रचण्डले मुलतः पार्टी सञ्चालनमा केन्द्रीत हुने सुझाव दिइएको छ ।

दुवै अध्यक्षले आइतबार र सोमबार उक्त प्रतिवेदन अध्ययन गरेका थिए । दुई अध्यक्षको छलफलपछि उक्त प्रतिवेदन सचिवालय हुँदै स्थायी समितिबाट पारित गरेर कार्यान्वयनमा लैजान सुझाव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement