बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान्, होशियार !


काठमाडौं – विवेकशील साझा पार्टीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि सडकमा भ्रष्टाचारविरूद्ध प्रदर्शन गरेको छ । ‘ठूला माछा समाउ अभियान’ अन्तर्गत सोमबार बिहान १० बजे विवेकशीलले प्रधानमन्त्री निवास अगाडि शान्तपूर्वक प्रदर्शन गरको हो ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा आएको, हायात र बबरमहललगायत देशभरका सरकारी जग्गामा भ्रष्ट नेता, भूमाफिया, प्रशासक र व्यापारीले आफ्नो नाममा ल्याएको भन्दै भ्रष्टाचारविरूद्ध विवेकशीलले प्रदर्शन गरेको हो ।

बालुवाटारभित्रको सरकारी जग्गा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलको छोरा नवीनको नाममा आएको देखिएको थियो । पार्टीको अभियान विभागले भ्रष्टाचारको विरोधमा देशव्यापी दबाब सिर्जना गर्ने कार्यक्रम अन्तर्गत प्रधानमन्त्री निवास बाहिर प्रदर्शन गरेको विवेकशील साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले बताए ।

विवेकशीलका नेता–कार्यकर्ता हातमा ‘भ्रष्ट नेता भूमाफिया, भ्रष्ट व्यापारी भ्रष्ट प्रशासक, बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान् होशियार, भ्रष्टाचार कहिलेसम्म जनता सचेत नभएसम्म’ लेखिएको प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement