जुवाखालबाट पक्राउ परेका चक्र बमसहितका कलाकार धरौटीमा छुटे


काठमाण्डु- जुवाखालबाट पक्राउ परेका चक्र बमसहितको कलाकार धरौटीमा रिहा भएका छन्। कात्तिक ११ गते राति पक्राउ परेका बमसहितका ९ कलाकार बुधबार धरौटीमा रिहा भएका हुन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएसँगै छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए।

प्रहरी वृत्त सिंहदबारको टोलीले ९ जनालाई जुवा खेल्दा खेल्दै ११ गते राति १० बजे पक्राउ गरेको थियो। त्यतिबेला भोजपुरको पात्लेपानी घर भई मैतीदेवी बस्ने ४५ वर्षीय गणेश विष्ट, ३८ वर्षीय नरेन्द्र विष्ट, ललितपुर–२४ का ३८ वर्षीय सुर्पमान स्याङतान, रुकुम पश्चिमको बाँफिकोट–२ का २६ वर्षीय रोशन सिंह र कैलालीको गोदावरी–२ का २९ वर्षीय चक्र बम पक्राउ परेका थिए।

यस्तै काभ्रेको पाँचखाल–६ का ६० वर्षीय शंकरप्रसाद आचार्य, रामेछापको राकाथुम–१ २८ वर्षीय टाइम मगर, बुढानिलकण्ठ–९ का ३६ वर्षीय सुरेन्द्र साउद र स्याङ्जाको चापाकोट–७ का ३३ वर्षीय घनश्याम अधिकारी पनि पक्राउ परेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement