५ वर्षमा भारतलाई, १० वर्षमा चीनलाई छुन्छौंः बामदेव गौतम


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले नेपालको विकास र समृद्धिले आगामी ५ बर्षमा भारत र १० बर्षमा चीनलाई भेट्टाउने दाबी गरेका छन् ।

शनिबार नेकपासम्वद्ध राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यहरुको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले छिमेकी देशको आर्थिक विकासलाई भेट्टाउने गरी विकासको गतिमा अघि बढेको बताएका हुन् ।

‘जनताको मतबाट समाजवाद निर्माण गरेर देखाउँछौ । ५ वर्ष सम्म राम्रोसँग काम गर्न पायौ भने ५ वर्षमा भारतलाई हामीले छुन्छौ । १० वर्षमा चीनलाई छुन्छौं, उनले भने ।

समाजवाद निर्माण गरेर देखाउने र कसरी समाजवाद निर्माण भयो भनेर संसारका सबैले हेर्ने उनको दाबी छ । बुद्धको नाममा नाम कमाउने, सगरमाथाको नाममा नाम कमाउने काम जति भयो भयो, तर अब समाजवाद निर्माण गरेर नाम कमाउने काम हामीले गर्नुपर्छ’ नेता गौतमले भनेका छन् ।

उनले मुलुकको विकास र रक्षाका लागि योगदानका लागि सधै तयार छु भन्ने भावना युवाहरुमा हुनुपर्नेमा जोड दिए ।

युवा संघ जुझारु युवाहरुको संगठन भएको भन्दै उनले खिएको जिम्मेवारी पुरा नगर्नेलाई पद छोड्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement