ओलीसँगै प्रचण्ड पनि ‘एकता’को पक्षमा छैनन्ः वामदेव गौतम

ओलीसँगै प्रचण्ड पनि ‘एकता’को पक्षमा छैनन्ः वामदेव गौतम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले संसद पुनर्स्थापना हुन्छ भन्नेमा आफु पहिल्यैदेखि निश्चिन्त रहेको बताएका छन् ।

संसद पुनर्स्थापनापछि काठमाण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले केपी ओलीले विराटनगरको कार्यक्रममा पुनर्स्थापना भयो भने आन्दोलन गछौँ भनेपछि संसद् पुनःस्थापना हुन्छ भन्नेमा आफु ९० प्रतिशत निश्चिन्त रहेको बताएका हुन् ।

‘केपी ओलीले विराटनगरमा संसद पुनर्स्थापना भयो भने आन्दोलन गछौँ भनेपछि संसद् पुनःस्थापना हुन्छ भन्नेमा ९० प्रतिशत निश्चिन्त भएको थिएँ,’ उनले भने, ‘ओली यसरी डराएको अहिलेसम्म थाहा थिएन ।’

उनले अदालतले ओलीको असंवैधानिक कदमलाई सच्चाएकोे उल्लेख गर्दै प्रधानमन्त्री ओली अझै अर्को जालझेलमा लागेका आरोप लगाए ।

‘ओलीले कानून र संविधानका मुल्य मान्यता मान्नुहुन्न, उहाँलाई सबै कुरा थाहा छ । आफूले गरेपछि सबै हुन्छ भन्ने दम्भले संसद् भंग गर्नुभएको थियो,’ उनले भने, ‘मैले सुनेको छुः उहाँ प्रतिनिधिसभा विघटन गरे जसरी अरू जालझेलमा लागि राख्नुभएको छ रे । उहाँले पार्टी एकतामा राजीनामा दिएर लाग्नुपर्थ्यो । तर, उहाँ अझै आफ्नो स्वार्थमा केन्द्रीत भएर जालझेल गरिराख्नुभएको छ रे ।’

उनले नेकपा विभाजनमा ओली मात्रै नभएर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि एकताको पक्षमा नभएको बताए ।
‘कम्युनिस्ट आन्दोलन अब माथि उठ्छ/उठ्दैन भन्ने कुरा पनि सोच्नुपर्ने बेला आएको छ । पार्टी सुदृढ बनाएर सरकारलाई पनि त्यही गतिमा अगाडि बढाएर लैजान्छौं भन्ने अवस्था पनि छैन,’ उनले भने, ‘केपीले पार्टी फुटाएको भएपनि प्रचण्डले संसद् पुनःस्थापनापछि पार्टी एकताको आह्वान गर्छु भनेका थिए । तर, हिजो एकता नै हुदैन भनिदिए ।’