चिकित्सक संघको घोषणाः आइतबार देशभर आकस्मिक बाहेकका सेवा पूर्ण बन्द


काठमाण्डु- नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूणर् सेवाहरू पूणर् रूपमा बन्द गर्ने घोषणा गरेको छ ।

संघले शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै आफूहरूले दिएको अल्टिमेटममा माग पूरा नभएको भन्दै आन्दोलनका कार्यक्रमहरूको घोषणा गरेको हो ।

गत बुधबार हेटौंडाको सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गरेको थियो ।

सम्पूणर् दोषीहरूलाई कानुनी दायरामा नल्याएको भन्दै संघले भोलिदेखि आन्दोलनको घोषणा गरेको हो । यसअघि संघले बुधबार नै घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन ७२ घण्टाको ‘अल्टिमेटम’ दिएको थियो । संघले देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गर्नुपर्नेलगायत माग पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement