पेस्तोलसहित पक्राउ परेका कार्यकर्ता छुटाउन तरुण दलले गर्यो नेपालगञ्ज बन्द


कोहलपुर – अवैध हतियारसहित पक्राउ परेका नेपालगञ्ज नगर सभापतिको रिहाइको माग गर्दै नेपाल तरुण दलले बाँके बन्द गरेको छ ।राजमार्गमा तरुण दलले अवरोध गरेपछि बाँके बन्दका कारण बिहानैदेखि नेपालगन्जको जनजीवन प्रभावित भएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएपस्पी शिवबहादुर शिहले जानकारी दिए ।

बाँके प्रहरीले तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजङ्ग शाहलाई गत कात्तिक १४ गते साँझ जानकी गाउँपालिका–६ गनापुरस्थित नमस्ते भिलेज रेस्टुरेन्टबाट अवैध अमेरिकन पेस्तोल र त्यसको २ थान गोलीसहित पक्राउ गरेको थियो । नेता शाहीको रिहाइको माग गर्दै आज विहानदेखि नेपालगञ्जमा विरोध प्रदर्शन गरिएको छ ।

तरुण दलका नेताहरुले दसैँको बेला कोहलपुरका डिएसपी हेमबहादुर शाहीले खसी मागेको तर आफूहरुले नदिएको रिसमा फसाएको आरोप लगाउँदै आएका छन् । खसी मागेको अडियोसमेत सार्वजनिक भएपछि डिएसपी शाही विवादमा तानिएका छन् । उनीमाथि प्रहरी प्रधान कार्यालय र प्रदेश ५ प्रहरीले छुट्टा छुट्टै समिति बनाएर छानबिन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement