अन्डरग्राउण्ड पार्किङ दुरुपयोग रोक्न महानगरले भत्कायो बानेश्वरमा व्यापारिक भवनका संरचना


काठमाण्डु – काठमाण्डु महानगरपालिकाले अन्डरग्राउण्ड पार्किङमा बनेका संरचना भत्काउन सुरू गरेको छ ।

अन्डरग्राउण्ड पार्किङ स्थलसमेत व्यापारिक प्रयोजनमा प्रयोग भएको फेला परेपछि महानगरपालिकाले केही समयअघि त्यस्तो नगर्न आग्रह गरेको थियो । महानगरको आग्रह अटेर गर्दै नयाँ बानेश्वर क्षेत्रका व्यापारिक स्थलका अन्डरग्राउण्ड पार्किङ स्थलमा पसलहरु सञ्चालन गरेपछि महानगरका कर्मचारी तथा महानगरले ती संरचना भत्काएको हो ।

नयाँ बानेश्वर क्षेत्रमा महानगरपालिकाबाट अन्डरग्राउण्ड पार्किङको अनुमति लिएर २२ वटा भवन निर्माण भएका छन् । अनुगमनका क्रममा प्रायस् सबै भवनले अन्डरग्राउण्ड पार्किङ क्षेत्रलाई पसल सञ्चालनका लागि भाडामा दिएको पाइएको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement