आरजी कार मेडिकल कलेजमा महिला डाक्टर अर्धनग्न अवस्थामा मृत फेला

आरजी कार मेडिकल कलेजमा महिला डाक्टर अर्धनग्न अवस्थामा मृत फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–भारतकाे पश्चिम बंगाल सरकारद्वारा सञ्चालित आरजी कार मेडिकल कलेज तथा अस्पतालमा एक महिला डाक्टर अर्धनग्न अवस्थामा मृत फेला परेकी छन् । भारतीय जनता पार्टीले महिला डाक्टरको बलात्कारपछि हत्या भएको दाबी गरेको छ।

प्रहरीले पनि उक्त घटना आत्महत्या मान्न नसकिने बताएको छ। एक प्रहरी अधिकारीले महिला डाक्टरको बलात्कारपछि हत्या भएको बताए।

प्रहरीको प्रारम्भिक अनुसन्धान प्रतिवेदनअनुसार पीडितको गुप्तांगबाट रगत बगिरहेको र शरीरका अन्य भागमा चोट पाइएका छन्।

प्रतिवेदनमा भनिएको छ, ‘पीडितको आँखा र मुखबाट रगत बगिरहेको थियो। अनुहार र नङमा चोटको निसान थियो। पीडितको गोप्य अंगबाट पनि रगत बगिरहेको थियो। उनको पेट, देब्रे खुट्टा, घाँटी, दाहिने हात, औँला र ओँठमा चोट लागेको कोलकाता प्रहरीका अर्का एक वरिष्ठ अधिकारीले बताए।

महिला चिकित्सकको गर्धनको हड्डी पनि भाँचिएको पाइएको प्रहरी अधिकारीले बताएका छन्।

महिला डाक्टरका बुवाले आफ्नी छोरीलाई अस्पतालभित्रै बलात्कार र त्यसपछि हत्या गरिएको दाबी गरेका छन्।

अहिले सत्य लुकाउने प्रयास भइरहेको उनको आशंका छ।