बङ्गलादेशमा डुङ्गा पल्टिँदा मृत्यु हुनेको संख्या ५१ पुग्यो


एजेन्सी – बङ्गलादेशको गत आइतबार एक डुङ्गा पल्टिदा मृत्यु हुने यात्रीको सङ्ख्या ५१ जना पुगेको छ ।

बङ्गलादेशको राजधानी ढाकाबाट चार यस ६८ किलोमिटर उत्तरतर्फ पर्ने पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुङ्गा पल्टिएको थियो ।

त्यसमा परी मृत्यु हुनेको सङ्ख्या प्रतिदिन बढ्दै गएको र अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ५१ जना पुगेको हो । सो डुङ्गा दुर्घटनामा परी हराएका व्यक्तिको शव भेटिने क्रम जारी रहेको बताइएको छ ।

सो डुङ्गामा एक सय जनाजति यात्रु रहेका बताइएको छ । अहिले पनि डुङ्गामा रहेका केही व्यक्ति हराइरहेका र उनीहरुको खोजी कार्य जारी रहेको त्यहाँका प्रहरी प्रमुखले जानकारी दिएका छन् ।

प्रहरीले डुङ्गाको क्षमताभन्दा बढी व्यक्ति राखिएकाले बढी भार भएर सो दुर्घटना हुन पुगेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement