बङ्गलादेशमा मङ्गलबार सय जनाको मृत्यु

बङ्गलादेशमा मङ्गलबार सय जनाको मृत्यु


काठमाण्डु-बङ्गलादेशमा हिजो देशभर भएका हिंसात्मक झडपमा एक सय जनाभन्दा धेरैको मृत्यु भएको छ । हिजो प्रदर्शन भएपछिको सबैभन्दा घातक दिन बनेको बङ्गलादेशी सञ्चामाध्यमले जनाएका छन् । तर प्रहरीले मृत्यु हुनेहरूको सङ्ख्या पुष्टि गरेको छैन ।

सरकारी जागिरमा आरक्षणको विरोधका नाममा शुरू भएको आन्दोलनका कारण डेढ महिनामा चार सय जनाभन्दा धेरैको मृत्यु भएको छ ।

यसैबीच जबीर इन्टरनेशनल होटलमा भएको आगजनीमा कम्तीमा २४ जनाको ज्यान गएको छ । दक्षिण पश्चिम बङ्गलादेशको जेसोर शहरमा रहेको यो होटल अवामी लिगका नेता शाहिन चकलदारको स्वामित्वमा छ । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टीका नेताको होटल भएकै कारण प्रदर्शनकारीहरूले आगो लगाइदिएका हुन् ।