काठमाण्डु- बंगलादेशले नेपालसहित भारत र भुटानबाट विभिन्न मालवस्तुको आयातमा रोक लगाएको छ ।
बंगलादेशको नेसनल बोर्ड अफ रेभेन्यू (एनबीआर) ले नेपालसहित भारत र भुटानबाट विभिन्न मालवस्तुको आयातमा रोक लगाएको हो ।
बंगलादेशमा यी देशहरूमा धागो, धुलो पाउडर, सुर्ती, पत्रिकाको कागज, विभिन्न प्रकारको कागज, पेपरबोर्डलगायत सामग्रीको आयातमा रोक लगाएको हो ।
एनबीआरको भन्सार शाखाका अनुसार नेपाल र भुटानमा उत्पादन र प्रशोधन गरिएका धागो र आलुबाहेक अन्य सामग्रीलाई भने आयातको अनुमति दिइनेछ ।
उता, भारतका लागि भने यो सूची अलि विस्तृत छ । भारतबाट डुप्लेक्स बोर्ड, न्युजप्रिन्ट, क्राफ्ट पेपर, सिगरेट पेपर, माछा, धागो, आलु, दुध पाउडर, सुर्ती, रेडियो र टिभीको पार्टपुर्जा, साइकल र मोटरको पार्टपुर्जा, फोरमाइका सिट, सेरामिक, सेनिटरी सामग्री, स्टेनलेस सामग्री, मार्बल स्ल्याब, टाइल्स र मिश्रित कपडा रहेका छन् ।
यसमा भ्याटमा रजिस्टर भएका बिडी उत्पादक उद्योगहरूलाई भने सुर्तीको पत्ता आयात गर्न दिइने उल्लेख छ । यो रोक स्थानीय उद्योगलाई रक्षा गर्न र अवैध पुनः निर्यात रोक्न लागू गरिएको बताएको छ ।
प्रतिक्रिया