बंगलादेशका राष्ट्रपति फेवातालमा डुंगा सरर !


काठमाडौं – चार दिनका लागि नेपालको भ्रमणमा आएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले कास्कीको पोखरास्थित फेवातालमा डुंगा शयर गरेका छन् । उनी आज मध्यान्ह करिब १२ बजे पोखरा आएका हुन् । विमानस्थलमा उनको स्वागतपछि डुंगा शयर गराइएको हो ।

हमिदको स्वागतका लागि ठाउँठाउँमा नेपाल र बंगलादेशको झण्डा पनि राखिएको छ । हमिदलाई पोखरा महानगरको तर्फबाट विभिन्न जातीय, सांस्कृतिक, कला, प्रदर्शनी, पञ्चेबाजा बजाएर स्वागत गरिएको छ ।

फेवाताल शयरपछि फिस्टेल लजमा लञ्च ब्रेक हुनेछ । त्यसपछि उनी हेलिकप्टरमा रुपाकोट रिसोर्ट जानेछन् । रुपाकोटमा हमिदलाई प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले स्वागत गर्नेछन् । रुपा गाउँपालिकाले त्यहाँ स्वागत गेट बनाउनेदेखि विभिन्न कला, सांस्कृतिक नाच झाँकीहरु प्रदर्शन गर्नेछ ।

रुपाकोटमा उनले एक घण्टा बिताउने कार्यक्रम छ । त्यसपछि उनी आज नै काठमाडौं फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement