यसरी भयो बङ्गलादेशी प्रधानमन्त्री निवासमा लुटपाट (तस्बिरसहित)

यसरी भयो बङ्गलादेशी प्रधानमन्त्री निवासमा लुटपाट (तस्बिरसहित)


काठमाण्डु–बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छोडेपछि प्रदर्शनकारीहरू उनको सरकारी निवास ‘गणभवन’ मा प्रवेश गरेर लुटपाट मच्चाएका छन् ।

उनीहरूले प्रधानमन्त्री निवासमा राखिएका सामानहरू लुटपाट गरेर बाहिर लगेका छन् ।

उनीहरूमध्ये केहीले प्रधानमन्त्री निवासबाट फर्निचर बोकेका थिए भने कोही सोफामा आराम गरिरहेका देखिएका छन् ।

गणभवनमा सोमबार ठूलो संख्यामा मानिस प्रवेश गरेका र विजयको प्रतीकका रूपमा राखिएका सामानहरू लिएर गएका थिए ।