बंगलादेशमा रहेका विद्यार्थीलाई नेपाली दूतावासले भन्यो–अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनू (विज्ञप्तिसहित)

बंगलादेशमा रहेका विद्यार्थीलाई नेपाली दूतावासले भन्यो–अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनू (विज्ञप्तिसहित)


काठमाण्डु-बंगलादेशको ढाकास्थित नेपाली दूतावासले अत्यावश्यक कामबाहेक आफू बसेको स्थान र होस्टेलबाट बाहिर ननिस्कन नेपाली विद्यार्थीहरूलाई आग्रह गरेको छ ।

कलेज प्रशासनले होस्टेलबाट सुरक्षित स्थानमा जान वा आफू बसेको स्थान प्रतिकूल भएमा दूतावासमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

दूतावासले नेपाली विद्यार्थी अध्ययनरत कलेजसँग निरन्तर सम्पर्कमा रहेको पनि जनाएको छ ।

बंगलादेशमा सरकारी जागिरमा रहेको कोटाको विरोध गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । आन्दोलनका कारण ६ जनाको मृत्यु भएको छ । बंगलादेशमा अर्को सूचना जारी नभएसम्मका लागि शिक्षण संस्थान अनिश्चितकालका लागि बन्द गरिएको छ ।

बंगलादेशमा मेडिकल शिक्षा अध्ययन गर्ने नेपाली विद्यार्थीहरू संख्या धेरै छ ।