बंगलादेशबाट फर्किए ५६ नेपाली विद्यार्थी

बंगलादेशबाट फर्किए ५६ नेपाली विद्यार्थी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-बंगलादेशबाट करिब ५६ जना विद्यार्थी काठमाडौं फर्किका आइपुगेका छन् । आइतवार विमान बङ्गलाबाट उनीहरू काठमाडौंं आइपुगेका हुन् ।

बंगलादेशमा आन्दोलन चर्किदै गए पछि त्यहाँ रहेका झन्डै ३ हजार नेपाली सुरक्षितसाथ नेपाल फर्किने क्रम सुरु भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार ८ सयभन्दा बढी विद्यार्थी नेपालका लागि प्रस्थान भइसकेका छन् । तीमध्ये केही हवाईमार्ग र केही स्थलमार्ग हुँदै नेपाल आउँदै छन् । अन्य पनि आफूलाई पायक पर्ने गरी नेपाल फर्किरहेका छन् ।

मन्त्रालयले बंगलादेशमा बढ्दै गएको आन्दोलनका कारण त्यहाँ रहेका नेपालीहरूको सकुशल स्वदेश फिर्ताका लागि सरकारले विभिन्न निकायसँग समन्वय गरिरहेको भन्दै भारतीय सीमा हुँदै वा भारत हुँदै नेपाल आउन चाहने विद्यार्थीलाई सहजता प्रदान गरिदिनका लागि दूतावासमार्फत् कुराकानी भइसकेको जनाएको छ ।