बङ्गलादेशामा भएको दमन र हिंसाको विरोध

बङ्गलादेशामा भएको दमन र हिंसाको विरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नागरिक समाज र मानव अधिकार समाजले बङ्गलादेशी दूतावास अगाडि प्रदर्शन गरेको छ । बुधबार काठमाडौँस्थित बङ्गलादेशी दूतावास अगाडि नागरिक समाज र मानव अधिकार समाजले प्रदर्शन गरेको हो ।

बङ्गलादेशमा चलिरहेको कोटा विरोधी आन्दोलनका क्रममा विद्यार्थीहरूप्रति गरिएको दमन र हिंसाको विरुद्धमा प्रदर्शन गरिएको आयोजकको भनाइ छ ।

विभिन्न प्लेकार्डसहित दूतावास अगाडि उनीहरुले प्रदर्शन गरेका हुन्। सो क्रममा सहभागीहरूले शान्तिपूर्ण रूपमा भेला हुन पाउनु पर्ने, अभिव्यक्ति स्वतन्त्रतामाथिको दमन अन्त्य हुनु पर्ने, हत्या लगायत घटनाको जबाफदेहिताको सुनिश्चित गर्न लगायतका माग छ ।

बङ्गलादेशमा जारी कोटा विरोधी आन्दोलनका क्रममा करिब २ सय जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।