काठमाण्डु– वाणिज्य बैंकहरूले चैत महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । फागुनको तुलनामा चैतमा मुद्दती निक्षेपको ब्याजदर अैसतमा ०.०८ प्रतिशतले घटेर ५.९३ प्रतिशत कायम भएको छ ।
२० बैंक मध्ये अधिकांश बैंक्ले ब्याजदर स्थिर राखेका छन् ।
ग्लोबल आइएमई बैंक, कुमारी बैंक र सिटिजन्स बैंकले आफ्नो व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएबका छन् भने हिमालयन बैंक र नेपाल बैंकले ब्याजदर घटाएका छन्।
ग्लोबल आइएमई बैंकले ब्याजदरलाई ५.७५ प्रतिशतबाट ६ प्रतिशतसम्म बढाएको छ भने कुमारी बैंकले ५.३१ प्रतिशतबाट ६.०१ प्रतिशत बढाएको छ । सिटिजन्स बैंकले पनि आफ्नो ब्याजदरलाई ५.५ प्रतिशतबाट ५.८५ प्रतिशतसम्म बढाएको छ।
यस्तै हिमालयन बैंकले ६.२५ प्रतिशतबाट ५.५ प्रतिशतमा घटाएको छ भने नेपाल बैंकले ५.६० प्रतिशतबाट ५.५० प्रतिशतमा घटाएको छ।
मुक्तिनाथ, गरिमा, कामना सेवा, ज्योति, शाइन रेसुंगा, लुम्बिनी र सांग्रीला विकास बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा ६.५ प्रतिशत ब्याज दिइरहेका छन् भने एनआईसी एसिया, एभरेष्ट, प्रभु, सानिमा, माछापुच्छ्रे र एनएमबीले पनि फागुनको अधिकतम ब्याजदरलाई चैतमा निरन्तरता दिएका छन्।


प्रतिक्रिया